फागुन २२,२०८० / ०७ : १२ अपरान्ह / 2024-03-05 07:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री देवेन्द्र पौडेल

      - १ वर्ष अगाडि
      भाद्र १५,२०७९

      काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् । १५ औं पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आएको बताए ।

      ‘पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिंड्ने चलन सुरु भएको बताए। उहाँको अनुसार ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने तिर पछिल्लो पुस्तामा हराउँदै गयएको छ ।  

       आधुनिकिकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तक पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलाप कमजोर हुँदै गएको बताए। यस वर्ष ‘पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औं पुस्तकालय दिवस मनाएको छ।  

        सम्बन्धित समाचारहरु