माघ १९,२०७९ / ०७ : ५४ अपरान्ह / 2023-02-02 07:54 pm

        सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

        - ५ महिना अगाडि
        भाद्र १२,२०७९

        काठमाडौं, काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत  उपलब्ध गराउने भएको छ ।

        नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताब भएको  हो ।

        काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

        यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको