जेष्ठ ४,२०७९ / ०९ : २६ अपरान्ह / 2022-05-18 09:26 pm

        सीटीईभीटी परीक्षा स्थगन गरिएको विरुद्ध आज पनि प्रदर्शन

        - २ हप्ता अगाडि
        माघ १६,२०७८

        काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगनको विरोधमा विद्यार्थीहरूको आन्दोलन आज (आइतबार) पनि जारी रहेको छ । 

         विद्यार्थीहरूले आजपनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरुले मुख्य सडक रामानन्द चोकमा चक्काजाम गर्न खोजेपछि प्रहरीले धडपकडसमेत गरेको छ । 

        परीक्षा हुनुपर्ने माग गर्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । विद्यार्थीहरूले सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको गुनासो गर्दै आएका छन् । उनीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजीसमेत गरेका छन् ।

        उनीहरूले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग राखेका छन् । भौतिक उपस्थितिमा परीक्षा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने भन्दै उनीहरूले विकल्प अघि सारेका छन् । विद्यार्थीहरूले माग तत्काल पूरा नभएसम्म आन्दोलन जारी राख्नेसमेत चेतावनी दिएका छन् ।

        सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमारप्रमाणपत्रका वार्षिकरसमेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।

          सम्बन्धित समाचारहरु