जेष्ठ ४,२०७९ / १० : ३२ अपरान्ह / 2022-05-18 10:32 pm

        शिक्षामा लगानी बढाउने गरी कानुनी व्यवस्था गरिन्छ- राज्यमन्त्री श्रेष्ठ

        - २ हप्ता अगाडि
        माघ १५,२०७८

        काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । 

        शनिबार काठमाडौंको सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् । 

        उनले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागिएको जानकारी दिए । 

        उनले कानुन बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउने काममा सरकार लागि परेको बताए । उनले भने, ‘अव संघीय कानुन बनि सकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेवलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ । त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्छ । त्यो कुराको अपेक्षा गरौं । यस कुरामा म तपाईहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’

        राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गरे । कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष रामकृष्ण चित्रकारले विद्यालयको शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराए ।

          सम्बन्धित समाचारहरु