काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
परीक्षाको मोडालिटीका विषयमा निर्णय हुन बाँकी रहेको भएपनि परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।
कोरोनाका कारण पठनपाठन केही ढिला सुरु भएकाले परीक्षा पनि केही ढिलो गराउन लागिएको उनले बताए ।