जेष्ठ १२,२०८३ / ०३ : ३४ अपरान्ह / 2026-05-26 03:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोना महामारीका कारण एक अर्ब बढी बालबालिकाको पठनपाठन अवरुद्धः युनिसेफ

      - ५ वर्ष अगाडि
      भाद्र १२,२०७७

      काठमाडौं, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाई भन्दा बढी बालबालिका दूर शिक्षाबाटसमेत बञ्चित रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ ।

      युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरले शिक्षण संस्थाहरु बन्द हुँदा विश्वका करिब ३३ करोड बालबालिका दूर शिक्षाको पँहुचबाट टाढा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

      गत वर्षको डिसेम्बरबाट चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण सम्पूर्ण गतिविधिहरु अवरुद्ध भएका छन् । महामारी अझै नियन्त्रणमा नआएकाले लामो समयदेखि शिक्षण प्रक्रिया नै अवरुद्ध हुँदा बालबालिकामा नकारात्मक असर पर्न सक्ने भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको हो ।

      कार्यकारी निर्देशक हेनरीटाले विश्वभर महिनौदेखि शिक्षण संस्थाहरु बन्द हुँदा विशेषगरी स्कुले उमेरका बालबालिका नराम्ररी प्रभावित भएको भन्दै शिक्षा आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युनिसेफले माध्यमिक तहसम्मका विद्यार्थीलाई दूर शिक्षा वा घरमै बसेर अध्ययन गर्न सक्ने उपकरणसहितको शिक्षण पद्दतीको विकासमा जोड दिनुपर्ने जनाएको छ ।

      कतिपय बालबालिकामा प्रविधिको पँहुच भएपनि घरमा सहज रुपमा अध्ययन गर्ने वातावरण नहुने भन्दै युनिसेफले दूर शिक्षा र त्यसका लागि वैकल्पिक व्यवस्था गर्न पनि जोड दिएको हो । विश्वभर ७२ प्रतिशतभन्दा बढी बालबालिका दूर शिक्षाको समेत पँहुचमा नरहेको युनिसेफको दावी छ ।यस्तै तीन चौथाई स्कुल जाने उमेरका बालबालिका ग्रामिण क्षेत्रमा बसोबास गर्ने युनिसेफले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d