श्रावण २२,२०७९ / ०९ : १८ अपरान्ह / 2022-08-07 09:18 pm

        एसईईको नतिजा १ साताभित्र सार्वजनिक गर्ने तयारी

        - २ वर्ष अगाडि
        श्रावण १४,२०७७

        काठमाडौं, १ साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने भएको छ । 

        कोरोना भाइरसको कारण सबै बन्द हुँदा परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । 

        ‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको हुँदा अब एक साताभित्र नतिजा सार्वजनिक गर्ने भएको हो ।

        यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।  एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सामेल छन्  ।

          सम्बन्धित समाचारहरु