काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । अब विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष कोरोना भाइरसका कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्यांकलनलाई आधार मान्ने निर्णय गरेको हो ।
गत ६ चैतका लागि तोकिएको परीक्षा ५ गते स्थगित भएको थियो । यो वर्ष एसईई दिने ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी थिए ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।








