वैशाख ३१,२०८१ / ०३ : ४३ पूर्वान्ह / 2024-05-13 03:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      जस्तोसुकै परिस्थितीको सामना गर्न सक्ने संघर्षशील डाक्टर सुधा जीवन र भोगाई (भिडियोसहित)

      - एक हप्ता अगाडि
      भाद्र ११,२०८०

      वीपी कोइरालाको चर्चित उपन्यास तीन घुम्तीकी पात्र इन्द्रमायाँको जीवनमा घटेका तीनवटा घटनाहरु झै डा.सुधा देवकोटाको जीवनमा पनि तीनवटा मोडहरु आए । जुन कठिन थिए तर उनले बेलैमा सम्हालिन् । 

      युक्रेनबाट एमविविएस गरेर सरकारी सेवामा प्रवेश गरेकी उनी अहिले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव हुन्  । बाबु आमाको दोश्रो सन्तानको रुपमा जन्मिएकी उनलाई जन्मने वित्तिकै पुरुष प्रधान समाजको कोर्राले नराम्ररी प्रहार ग¥यो ।

      उनी जन्मदा उनका पिता सुदर्शनलाई चिकित्सकले ‘मलाई माफ गर्नु तपाईकी छोरी जन्मिई’ भनेको शब्दले उनीमा महिलाले पनि पुरुष भन्दा राम्रो गर्न सक्छन् भन्ने इख जन्माउछ । शिक्षित कुलमा जन्मिएकी उनलाई छोरा र छोरी बिचको क्रुर बिभेदको सामना गर्नु परेन । 

      बाबुले नै मेरी छोरीलाई छोरा सरहनै बनाउछु भन्ने प्रण लिएपछि उनले समाजको हरेक विभेदका पर्खाल नाघ्दै, अनेकौँ संघर्षसंग जुद्धै गइन् र आँफुले चाहेजस्तो परिस्थितिमा जीवनलाई पु¥याउन सफल भइन् । हो उनै कुशल, निडर, अनि जस्तोसुकै परिस्थितीलाई सामना गर्न सक्ने एक साहसिक नारी डाक्टर सुधा देवकोटाको जीवन र भोगाई ।