जेष्ठ १,२०८१ / १२ : ५९ पूर्वान्ह / 2024-05-14 12:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम तत्कालका लागि स्थगित

      - १ वर्ष अगाडि
      पौष १५,२०७९

      काठमाडौं,  सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन्।

      यो संगै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्ने भएको हो। 

      नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट एमडीएमएस प्रणाली तत्काल लागू गर्ने तयारी गरेको थियो। विदेशमा रहेका नेपालीले उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न आवाज उठेको पछि निर्णय कार्यान्वयन नभएको हो। नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा कडाई गरिएपछि उनीहरुले ‘नो रेमिटेन्स’ अभियान सुरु गरेका छन्। 

      यस अगाडि विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोधसमेत गरेको थियो।

      मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गर्न सूचना जारी गरेको थियो। 

      नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले जनाएको थियो।

        सम्बन्धित समाचारहरु