वैशाख ३१,२०८१ / ०९ : ०१ पूर्वान्ह / 2024-05-13 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने

      - ७ महिना अगाडि
      असोज २२,२०८०

      काठमाडौँ, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । 

      आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

      यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

      यसैगरी सभामुख घिमिरेले उक्त विद्युत विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

        सम्बन्धित समाचारहरु