वैशाख १६,२०८१ / ०२ : ३२ पूर्वान्ह / 2024-04-28 02:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      विद्यालय जीवन देखिनै नेताको दर्जा पाएका बस्नेत जो सँधै नेता बनिरहे

      - २ महिना अगाडि
      फागुन १४,२०८०

      केही फरक गर्नुपर्छ भन्ने सोच भएका मनोज बस्नेत बि सं २०४३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती वडा नम्बर ८ मा जन्मिएका हुन् । उनी बिद्यालय देखि नै प्रस्ट वक्ताका रुपमा चिनिदै आएका थिए । मनोज पढाई देखि बिद्यालयका अतिरित्त क्रियाकलापमा सँधै अब्बल साबित हुन्थे । साथीभाईलाई परेका बेलामा जस्तो सुकै सहयोग गर्न पनि कहिल्यै पछाडी हट्दैन्थे । त्यति मात्र होइन उनको स्वभावले गर्दा शिक्षकहरुका पनि उनी प्यारा थिए । पनौती नगरपालिका वडा.न. ८ मा रहेको भालेश्वर उच्च माविबाट स्कुलले पढाई सुरु गरेका बस्नेतले स्थानीय तेजगंगा बहुमुखी क्याम्पस, इन्द्रेश्वर बहुमुखी क्याम्पसमा समेत अध्ययन गरे । स्कुल देखि नै उनी हरेक काममा नेतृत्व लिन्थे । कलेजमा आएपछि पनि उनले त्यो लिईरहे । पढाईमा राम्रो, प्रस्ट वक्ता भएका कारण स्कुल देखि कलेज सम्म उनलाई सबैले ‘नेता’ भनि सम्बोधन गर्दथे ।  ‘नेता’का रुपमा बिद्यालय देखि कलेज सम्म परिचित रहेका  उनी जिल्लामा मात्र नभई देशमै नेपाली पत्रकारिता र मिडिया उद्योग व्यवस्थापनमा अब्बल मानिन्छन् मनोज बस्नेत ।  

      ‘स्कुल देखि कलेज सम्म सबैले मलाई नेता मान्थे । त्यही नेता भन्ने शब्दले मलाई करियरमा अगाडी बढ्न सँधै हौसाईरह्यो । सँधै केही फरक गर्नुपर्दछ, केही फरक बन्नु पर्दछ भन्ने लागिरहन्थ्यो’ उनले सुनाए । उनले  सन् २००७ बाट नेपालकै ठुलो एंव नम्बरवान मिडिया कम्पनी कान्तिपुर पब्लिकेशन्समा आवद्ध भई  कान्तिपुर दैनिकको काभ्रे रिपोर्टर भएर मिडिया क्षेत्रबाट करियर सुरु गरे । रिपोर्टरका रुपमा काम गर्दा उनले जिल्लामा बेग्लै पहिचान बनाए । हरेक दिन उनले पठाएका समाचार कान्तिपुरमा प्रकाशित हुन्थ्यो । खोजि पत्रकारितामा त उनी खरो रुपमा उत्रिन्थे । 

      ‘दिनकै ५/६ वटा सम्म रिपोटिङ गरेर समाचार पठाउँथे । पठाएका अधिकांश समाचार पत्रिकामा छापिन्थे’ उनले सुनाए आँफुले रिपोटिङ गरेर पठाएका समाचारहरु पत्रिकामा प्रकाशित भएर आउँदा थप राम्रो रिपोटिङ गर्न उर्जा थपिन्थ्यो ।’ इन्द्रावतीको सरकारी जग्गाका मिचिएको, तातोपानी नाका हुँदै चीनमा हुने रक्तचन्दन देखिका तस्करी, मृगौला तस्करी, ढुंगाखानीको दोहन, सरकारी कार्यालयका ढिलासुस्ती, भष्ट्राचार, गाउँमा खानेपानीको हाहाकार, युवा उद्योगपतिका कथा, कृषि, स्वास्थ्यका गाथा, जिल्ला भित्रको राजनैतिक बिसंगती, बिकासमा खिचातानी ढिलासुस्ती लगायतका बिषयमा खोजमुलक रिपोटिङ गरेका उनका  समाचारले राष्ट्रियस्तरमै एजेन्डा बनाएका थिए । ‘आँफुले मेहनत र प्रमाण पु¥याएर गरेको रिपोटिङले राष्ट्रियस्तरमै ध्यानाकषर्ण भई त्यसमा राज्यका निकायहरुले चासो राख्दा खुसी लाग्दो रहेछ’ उनले व्यक्त गरे । 

      करियरकै क्रममा मिडिया उद्योगमा आवद्ध गराई रिपोर्टर देखि व्यवस्थापन सम्ममा काम गर्ने अवसर दिनेमा पहिलो श्रेय उनी मिडिया एंव हवाई उद्योगपति क्याप्टेन रामेश्वर थापालाई दिन्छन । उनी भन्छन् ‘उहाँले नै मलाई मिडिया उद्योगमा काम गर्ने अवसर दिनु भएको हो’ उनले भने ‘रिपोर्टर भई केही बर्ष काम गरिसकेपछि उहाँले मलाई मिडिया उद्योगको व्यवस्थापनमा ल्याउनु भएको हो ।’ थापा हाल अन्नपूर्ण मिडिया नेटर्वकका अध्यक्ष रहेका छन । 

      कान्तिपुर दैनिकमा रिपोर्टर भई काम गरिसकेपछि उनै थापाले खोलेको अन्नपूर्ण पोस्ट दैनिकको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख भई उनले मिडिया उद्योगको व्यवस्थापन काम गर्ने अवसर पाए । त्यो नै उनको मिडिया व्यवस्थापनमा प्रवेश गर्ने मार्ग बन्यो । आम जनतालाई सुचनाको हक दिलाउने मामलामा छापा माध्यम मार्फत अहोरात्र खटीने युवा मनोजको छापा माध्यमको मिडिया उद्योगको व्यवस्थापन , बिक्री विशेषज्ञ र जनसम्पर्क बिस्तारमा बिशेष दखल छ । उनीसंग देशका दुई ठूला मिडिया हाउसमा १६ वर्ष काम गरेको अनुभव छ । 

      /pagegallery/202402263.jpg

      सन् २००७ मा कान्तिपुर दैनिकको काभ्रे जिल्ला रिपोर्टर भएर मिडिया क्षेत्रमा काम गर्न थालेका उनी सन् २०१२ बाट अन्नपूर्ण मिडिया नेटवर्कमा आवद्ध भई प्रदेशको प्रमुख देखि बिजनेश ब्यूरो, कर्पोरेट, क्षेत्रीय संयोजक र बिक्री वितरण विभाग प्रमुखका रुपमा ७ बर्ष काम गरे । ‘व्यवस्थापनसंग केही फरक बिचार राख्दै मैले अन्नपूर्ण पोस्टसंगको ७ बर्षे यात्रा अन्त्य गरे’ उनले भने ‘ त्यसपछि म पुनः कान्तिपुरमा बिभागिय प्रमुखको रुपमा काम सुरु गर्न पुगे ।’ उनी सन् २०१९ देखि कान्तिपुर मिडिया ग्रुपमा  आबद्ध भएर बिक्री वितरण विभागको प्रमुख हुँदै थप जिम्मेवार प्राप्त गरी हाल बिक्री वितरण प्रेस तथा रिजनल बिभागको प्रमुखको रूपमा कार्यरत छन् । मिडिया उद्योगको व्यवस्थापनमा रही बिभागीय प्रमुखको भूमिकाका लागि योग्य ठहराई दिने कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, निर्देशक स्वतिका सिरोहिया, ग्रुप चिफ अप स्टाफ शिशिर पछाई प्रति उनी कृतज्ञता व्यक्त गर्दछन् ।  

      यसका अलावा उनले सेल्स कन्सल्टेन्टका रूपमा हिमालयन एसेन्स प्रा.लि, प्रा.लि, कर्मान्त  कन्सल्टेन्सीमा बिजनेश कन्सलटेन्डका रुपमा काम गरिसकेका छन् । नेपाल पत्रकार महासंघको अन्तराष्ट्रिय सम्बन्ध बिभागमा सदस्य रहेका उनी अन्तराष्ट्रिय पत्रकार महासंघका सदस्य पनि हुन् । युथ युनेस्को क्लब यूएसएको इन्टरनेशनल मिडिया सल्लाहकार रहेका उनीले अमेरिकामा केन्द्रिय कार्यालय रहेको इन्टरनेशन न्यूज मिडिया एसोसियसन(आईएनएमए), अमेरिकन मार्केटिङ एसोसिएसन(एएमए) , रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आईसिआरसी) बाट बिभन्न बिधामा व्यवसायीक तालिमहरु लिएका छन् । त्यतिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरका सेमिनार र सम्मेलनहरूमा भाग लिएर उनले मिडिया व्यवस्थापनमा अनुभव हासिल गरेका छन् ।

      उनी कर्ममा उत्कृष्ट कार्य गरेवापत समस्त भारत राष्ट्रिय म्यागेजिनद्वारा कोरोना योद्य सेवा पुरस्कारबाट सम्मानित समेत भएका छन् । त्यसैगरि कर्ममा सर्वोकृष्ट काम गरे वापत कान्तिपुर पब्लिकेसन्स लिमिटेडबाट चियर म्यान एक्सीलेन्सी अवार्ड, अन्नपूर्ण मिडिया नेटवर्कबाट एक्सलेन्सी अफ द एयर अवार्ड , र शान्ति जनार्दश सेवा केन्द्र धुलिखेल, काभ्रेपलाञ्चोकबाट राष्ट्रिय खानपानी पत्रकारिता पुरस्कारबाट उनी सम्मानित भएका छन् । 

      व्यावसायिक र व्यक्तिगत रूपमा धेरै सामाजिक रूपमा समेत सक्रिय रहेका बस्नेतसंग अन्तर्राष्ट्रिय र राष्ट्रिय कर्पोरेट हाउसहरु देखि राजनीतिक स्तरमा समेत राम्रो  सम्बन्ध बनाएका छन् । युवा उद्यमी समेत रहेका उनी ज्ञान सीप र क्षमता निर्माणको लागि विश्वभरका युवा उद्यमीहरूसंग सहकार्य गर्दै, प्लेटोनिक एजुकेशन सर्भिस प्रा.लिका निर्देशक र मञ्जिल बिजनेस हाउस प्रालिका अध्यक्ष र प्रबन्ध निर्देशक समेत हुन् । संसारभरका कर्पोरेट हाउस देखि मिडिया उद्योग र व्यक्तिहरूसंग समबन्ध बिस्तार गर्न अब्बल दरिएका उनीसंग टाइम्स अफ इन्डिया , इन्डियन एक्सप्रेस, हिन्दू, जी न्यूज र अन्य धेरै भारतीय मिडिया हाउसहरूको अध्ययन अवलोकन गरेको अनुभव समेत रहेको छ ।

      /pagegallery/2024022697.jpg

        सम्बन्धित समाचारहरु