वैशाख ३१,२०८१ / ०५ : ४० अपरान्ह / 2024-05-13 05:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विराटनगर महानगरपालिका वडा नम्बर ४ को तीज कार्यक्रम सम्पन्न

      - ३ हप्ता अगाडि
      भाद्र २९,२०८०

      विराटनगर, विराटनगर महानगरपालिका वडा नम्बर ४ ले शुक्रबार तीज कार्यक्रम सम्पन्न गरेको छ ।

      विराटनगर महानगरपालिका वडा नम्बर ४ ले हरितालिका तीजको पूर्व संध्यामा वडाका जनप्रतिनिधीहरु र कर्मचारीको उपस्थितीमा तीजको शुभकामना आदानप्रदान एवम् दरखाने कार्यक्रम सम्पन्न गरेको हो ।

      /pagegallery/2023091568.jpg

      कार्यक्रमा उपस्थित विराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जितेन थापाले वडामा धेरै जसो जनप्रतिनिधी र कर्मचारीहरु महिलाहरु नै भएकोले अघिल्लो बर्ष जस्तै यसपालि पनि दर खुवाउने कार्यक्रमको आयोजना गरेको बताए । उनले सबै लाई तीजको शुभकामना दिँदै तीजलाई विकृतिको रुपमा नभई धर्म संस्कृति परम्परालाई निरन्तरता दिन मनाउनु  पर्ने आवश्यकता भएको बताए । त्यति मात्र नभई तीजले साथिभाई संगको सामिप्यता, भेटघाट र एक अर्काबिच दुख सुख साट्न पाउने भएकाले अझै झन तीजको महत्व रहेको अध्यक्ष थापाले बताए  ।

      /pagegallery/2023091532.jpg

      कार्यक्रममा सहभागी महिला दिदी बहीनीहरुले मौलिक भाकाका तीज गीतमा नाचगान गरी मनोरंञ्जन गरेका थिए ।

      /pagegallery/202309159.jpg

        सम्बन्धित समाचारहरु