वैशाख १६,२०८१ / ०५ : ४३ अपरान्ह / 2024-04-28 05:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बिहीबार दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोडको कारोबार

      - ४ महिना अगाडि
      पौष ५,२०८०

      काठमाडौ, बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।  नेप्से परिसूचक ३२।७७ अंकले घटेर २१०९।१० विन्दुमा अडिएको छ।

      नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेर ३९६।६२ अंकमा पुगेको छ ।

      यसअघि साताको पहिलो कारोबार दिन नेप्से आइतबार २८ , सोमबार ३८।१४, मंगलबार ४५।९८ र बुधबार ३५।३९ अंकले बढेको थियो। दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

      आज कुल १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजारमा किनबेच भयो । आज ५३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ ।

      आज शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । शिवम सिमेन्टको ३० करोड, ६८ लाखभन्दा बढीको शेयर कारोबार भयो । कारोबारकै आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड दोस्रो र हिमालय डिस्टिलरी लिमिटेड दोस्रो र तेस्रो स्थानमा रहे ।

        सम्बन्धित समाचारहरु