वैशाख १७,२०८३ / ०८ : ११ पूर्वान्ह / 2026-04-30 08:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने

      - ५ वर्ष अगाडि
      वैशाख २६,२०७७

      काठमाडौ, आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । 

      विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरे संगै आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका हुन् ।

      यस अघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । हरेक दिन फरक फरक शाखाबाट सेवा दिईरहेका भने अब सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघले जनाएको छ ।

      संघका अनुसार साह्रै समस्यामा परेका शाखाहरुबाहेक अरु सबै ठाउँका शाखा कार्यालयहरु खोल्न बैंकहरुलाई अनुरोध गरिसकिएको छ । 

      मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

      चैत्र ११ बाट लगातार देश लकडाउनमा छ । लकडाउनका कारण अतिआवश्यक बाहेकका सबै क्षेत्र बन्द गरीएको थियो । तर २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको हो ।

      माक्स र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गर्दै उच्च सुरक्षा सतर्कता अपनाउने संघकको भनाई छ ।

        सम्बन्धित समाचारहरु