वैशाख १७,२०८३ / ०८ : १२ पूर्वान्ह / 2026-04-30 08:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      लकडाउन कायम गरे पनि सेयर बजार मंगलबारबाट सूचारु

      - ५ वर्ष अगाडि
      वैशाख २६,२०७७

      काठमाडौ, विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरे संगै मंगलरबार बाट सेयर बजार सूचारु हुने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर बजार सूचारु गर्न निर्देशन दिएको हो ।

      ११ चैतदेखि कारोबार बन्द भएको सेयर बजार शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर बजार सूचारु गर्न निर्देशन दिएको हो । बोर्डका अनुसार अब बिहान ११ बजेदेखि १ बजेसम्म अर्थातः दुई घण्टा कारोबार हुने भएको हो ।

      शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ ।

      चैत्र ११ बाट लगातार देश लकडाउनमा छ । लकडाउनका कारण अतिआवश्यक बाहेकका सबै क्षेत्र बन्द गरीएको थियो । तर २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको हो ।

      अब कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा अब सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ ।

        सम्बन्धित समाचारहरु