वैशाख १७,२०८३ / ०८ : १२ पूर्वान्ह / 2026-04-30 08:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      धान बोकेको ट्रकमा १७ लाख ९० हजार बरामद

      - ५ वर्ष अगाडि
      वैशाख २४,२०७७

      काठमाडौं,  सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

      भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम बरामद भएको हो । 

      पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल छन् । सशस्त्र प्रहरीका अनुसार ट्रकमा उनीहरुले धान ल्याएका थिए । थप अनुसन्धान भइरहेको छ ।

        सम्बन्धित समाचारहरु