वैशाख १७,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-04-30 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर

      - ६ वर्ष अगाडि
      फागुन ५,२०७६

      काठमाडौं, मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार मूल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ ।

      चालू आवको ६ महिनामा मूल्यवृद्धि ६ प्रतिशतभित्र राख्ने लक्ष्य बैंकको थियो । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ४.५८ प्रतिशत थियो ।

      गत आवमा भने राष्ट्र बैंक मूल्यवृद्धि लक्ष्यभित्र नै राख्न सफल भएको थियो। मूल्यवृद्धिको सोझो असर जनतालाई नै पर्ने र यसले समग्र अर्थतन्त्रलाई विस्तारै नकारात्मकतातिर लैजाने भएकोले मूल्यवृद्धिलाई नियन्त्रणमा राख्नुपर्ने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।

      नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.२५ प्रतिशत भएकोले समग्र मूल्यवृद्धिमा केही चाप परेको हो ।

      चालू आर्थिक वर्षको ६ महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्यवृद्धि भएको छ । गत वर्षको सोही अवधिमा मूल्यवृद्धि यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत थियो।

        सम्बन्धित समाचारहरु