सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा मह उतपादनका लागि नमुना जिल्लाका रुपमा रहेको डडेल्धुरामा यो वर्ष मह उत्पादनमा ६० प्रतिशतले कमी आएको छ । मह काड्ने समयमा हिउँदे झरी संगै मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा कमी आएको हो ।
विषेश गरी पौष महिनामा मह काँड्ने समय निरन्तर रुपमा भएको हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि यो वर्ष मह उत्पादनमा कमी भएको हो । मौरीमा बच्चा उत्पादन नहुने रोग लागेपछि मौरीले मह उत्पादनमा कमी आएको किसानको बुझाई छ । जिल्लाकै मह उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाउँपालिकामा किसानले अहिले मौरी र मह केहि पनि बनाउन नसकेपछि चिन्तीत बनेका छन् ।
मह बिक्रि गरेर नै घर खर्च देखि छोराछोरीको पढाई खर्च गर्ने गरेको भएपनि यो वर्ष मह उत्पादनमा कमी भएपछि कसरी घरखर्च चलाउने भन्ने पिरले सताएको छ । मौरीका घार नै विक्री गर्ने किसानले अहिले एउटा पनि घार विक्री गर्न नपाई मौरी सबै मरेका छन् । गत बर्ष २० किलो मह बिक्री गर्ने किसानले यसबर्ष एक किलो पनि बिक्री गर्न नपाएको गुनासो गरेका छन् । वर्षाका कारण मौरी चरनका लागि बाहिर जान नसकेर मौरीमा एक किसिमको रोग नै देखा प¥यो जस्का कारण गत वर्षको भन्दा यो वर्ष ६० प्रतिशत मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ ।
मह उत्पादन कम भएपछि यो वर्ष महको मुल्य वृद्धि भएको छ । डडेल्धुराका वजारमा यो वर्ष करिव ९ सय प्रतिकिलोमा मह विक्रि भईरहेको छ भने गत वर्ष ६ सय ५० रुपैयाँमा विक्रि भएको थियो । महको मुल्यमा वृद्धि भएपछि माँग भने घटेको छ ।








