वैशाख १७,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-04-30 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      कुखुराको मासु ७० प्रतिशतले वृद्धि, यस्तो छ कारण

      - ६ वर्ष अगाडि
      माघ २१,२०७६

      काठमाडौं,डेढ महिना अगाडी बजारमा कुखुराको मुल्य प्रतिकेजी २ सय ४० रुपैयाँ थियो । तर त्यही मासु १ सय ७० रुपैयाँले बढेर सोमबार ४ सय १० रुपैयाँ पुगेको छ ।

      माघ महिनामा विशेषगरी मासुको खपत हुने महिना पनि हो । विवाह, व्रतबन्ध, पिकनिक लगायतका स्थानमा मासुको परिकार हुने हुँदा माघ र फागुनलाई अत्याधिक रुपमा मासुको खपत हुने महिनाका रुपमा लिइन्छ ।

      तर यही समय मासुको मुल्यमा ७० प्रतिशतले वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । यसरी व्यापारीले आफुखुसी मुल्य बढाउँदा पनि सरकारी पक्षबाट अनुगमन र कारवाही भने हुन सकेको छैन । जसकारण व्यापारीहरु झनै मुल्य बढाएर मासुको व्यापार गरिरहेका छन् ।

      व्यापारीले लागत मुल्य नपाएको भन्दै गत मंसिर २९ गतेदेखि १० दिनसम चल्ला उत्पादन १० दिनसम्म बन्द गरे ।

      उनीहरुले चिकेन होलिडे नै मनाएर करिब ३० लाख चल्ला जिउँदै खाल्डामा हालेका थिए भने यस्तै सोही अवधीमा व्यापारीले २० लाख अण्डा नष्ट समेत गरेका थिए ।

      तत्काल बजारमा त्यसको प्रभाव नपरेपनि डेढ महिनापछि अर्थात् अहिले बजारमा त्यसको असर देखिएको छ ।

        सम्बन्धित समाचारहरु