वैशाख १७,२०८३ / ११ : १८ पूर्वान्ह / 2026-04-30 11:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      खाना पकाउने ग्यासको मुल्य बढ्यो , पेट्रोल र डिजलको घट्यो

      - ६ वर्ष अगाडि
      माघ २१,२०७६

      नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ । मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।

      काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल/मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।  नयाँ मुल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ । 

      नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ बनाइए पनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

      निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले गन पुस १६ का दिन पेट्रोल र डिजल÷मट्टीतुलको मूलय समायोजन गरेकोमा हाल १ फेब्रुअरीमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजारमूल्य वमोजिम खरीद मूल्य केही घटेर आएको तथा एलपी ग्यासमा औषत खरीद मूल्य पुनः बढेर आएको हुँदा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७१ अनुसार निगमले साविकको प्ट्रोल र डिजल/मट्टीतेलको खुद्रा विक्री मूल्य क्रमशः १११ र १०० रुपैयाँ प्रतिलिटरमा रु १ ले घटाई काठाडौंको नयाँ खुद्रा बिक्री मूल्य ११० र १०० रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।’

        सम्बन्धित समाचारहरु