कार्तिक ३०,२०७६ / ०३ : ३५ पूर्वान्ह / 2019-11-16 03:35 am

        एनसेलले तिहार र छठको अवसारमा ल्यायो फोरजीमा डेटा बोनस योजना

        - ३ हप्ता अगाडि
        कार्तिक ७,२०७६

        काठमाडौ, टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले तिहार र छठ पर्वको अवसार पारेर ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । 

        यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन् । यो अफर आजकार्तिकबाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५ सय एमबीको डेटा प्याक खरिद गर्ने ग्राहकले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्नेछन् । 

        करबाहेक  १५ रुपैयाँ र करसहित १९ रुपैया १५ पैसा शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २ सय २५ एमबी थप फोरजी डेटा पाउनेछन् । त्यसैगरी ग्राहकले कर बाहेक  ७५ रुपैयामा  ५ सय एमबीको खरिदमा थप १५ सय  एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २ हजार एमबी डेटा पाउन सक्नेछन् ।

         चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मदत पु¥याउने विश्वास एनसेलको छ ।

          सम्बन्धित समाचारहरु