मंसिर ४,२०७६ / ०६ : १९ पूर्वान्ह / 2019-11-20 06:19 am

        यी ठाउँमा पाइन्छन् दसैंमा नयाँ नोट साट्न

        - ३ हप्ता अगाडि
        असोज ३,२०७६

        काठमाडौं , नेपाल राष्ट्र बैंकले दसैं लागेसँगै नयाँ नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी दिएको छ । 

        “बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ तथा सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी आगामी बडा दसैं, २०७६ को अवसरमा यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकासहित देहायका शाखा कार्यालयहरुबाट २०७६ असोज १० गतेदेखि १७ गतेसम्म रु ५, रु १०, रु २०, रु ५० र रु १०० का दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम रु १८ हजार ५०० का दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराइने व्यहोरा जानकारी गराइएको छ,” राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

        काठमाडौंमा नयाँ नोट पाइने स्थानः

        (क) नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु

        न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा ।

        ख) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरु

        सिंहदरबारप्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा ।

        ग) कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालयहरुः

        गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा 

        यसबाहेक  अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट पनि नयाँ नोट उपलब्ध हुने छ ।

          सम्बन्धित समाचारहरु