पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको आयल निगमले दैनिक लगभग ६ करोड नाफा गर्नेछ । जब तेलको मूल्य बढ्छ तब त्यसको भार जनताले बेहोर्नु पर्छ भने जब तेलको मूल्य सस्तो हुन्छ तब नाफा जति आयल निगमको हुने गर्छ र यो पटक पनि यस्तै देखिएको छ ।

निगमको ब्यवस्थापन पक्ष जनता मैत्रि छैन यदि हुदो हो भने मूल्य समायोजन हुदाँ निगमलाई घाटा नहुने गरि बजार मूल्य निर्धारण गर्ने थियो । अहिले आयल निगम लाई ग्यास देखि बाहेक सबैमा फाइदा छ । सबैको फाइदामा ग्यासको घाटा घटाउदाँ पनि दैनिक ६ करोड जति त नाफा नै हुन्छ ।
आयल निगमको ब्यवस्थापनलाई नजिकबाट नियमन गर्ने मन्त्रालय पनि यी कुरामा खासै चासो दिदैन ।








