काठमाडौं, कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौ स्थीत केन्द्रीय कार्यालय लगायत आफ्ना ६१ वटै शाखा कार्यालयहरुबाट वित्तिय साक्षरता तथा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।
शनिबार कामना सेवा बिकास बैंकले आर्थिक समृद्धिको लागि सबैमा वित्तिय साक्षरता आवश्यक रहेको कुरा औल्याउँदै केन्द्रीय कार्यालय ज्ञानेश्वर, मैतिदेवी, नक्शाल र अन्य सबै शाखा कार्यालयहरु रहेका स्थानहरुमा घरदैलो कार्यक्रम गरि वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
प्रगतिको आधार कामना सेवासंग कारोबार भन्ने मुल नाराकासाथ सुरु भएको वित्तिय साक्षरता कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले सबैमा वित्तिय साक्षरता कार्यक्रम आवश्यकता रहको औल्याए । बैंकले धार्मिक, शैक्षिक संस्था, सडकवत्ति, सरसफाई आदि सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएको जानकारी दिंदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडि बढाउने वस्नेतले बताए ।
प्रमुख कार्यकारी वस्नेतले आफ्ना ग्राहकहरुलाई सेवा दिने उदेश्यका साथ हाल आफ्ना बैंकको शाखाहरु कम रहेको प्रदेश १ नं. र २ मा तिब्रताका साथ शाखा बिस्तर गर्ने क्रममा रहेको जानकारी दिनुभयो । हाल यस बैंकको ६१ वटा शाखा कार्यालय तथा १७ वटा एटिएम मेसिनबाट आफ्नो बैंकिङ्ग सेवा दिंदै आएको छ ।








