काठमाडौँ, साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ दशमलव नौ शुन्य अंकले बढेर १ हजार १ सय २१ दशमलव शुन्य तीन विन्दुमा बन्द भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ परिसुचक शुन्य दशमलव ६१ अंकले बढेर २ सय ३८ दशमलव ४० अंकमा पुगेर बन्द भएको छ । कुल १ सय ६२ कम्पनीको १३ लाख ७४ हजार कित्ता शेयर किनबेचबाट ३७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार ४ करोड ४६ लाख भन्दा बढी कारोबार गर्दै एनएमबि बैंक सबै भन्दा अगाडी रहेको छ । त्यसै गरि नेपाल बैंकले ३ करोड ३२ लाख, ग्लोबल आइएमइ बैंकले १ करोड ७७ लाख बराबर कारोबार गरेका छन् । यस दिन सर्वा्धिक कमाउनेमा आइएमई जनरल इन्स्योरेन्स, अपि पावर कम्पनी, सुर्य लाइफ इन्स्योरेन्स रहेका छन् । साथै सर्वा्धिक गुमाउनेमा कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर लगायत रहेका छन् ।








