काठमाडौं, लामो समयदेखि नेपाली बजारमा ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु बिक्री गर्दै आएको केएल दुगड समूहले अहिले ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ ।
उक्त कोदोको पिठो स्वच्छ र गुणस्तरयुक्त भएको कम्पनिको दाबी सहित १ किलोको प्याकमा बजारमा आएको हो ।
ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अघि नै बजारमा ल्याएको थियो ।
के एल दुगड समूहले ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थ ज्ञान ब्राण्डमा मैदा, आँटा, रहर, मसुर, चना दाल तथा बासमती चामल उत्पादन गर्दै आएको छ ।
पिठो उत्पादनको लागि आफ्नै अत्याधुनिक तथा स्वचालित कारखानामा उत्पादन गरिने कम्पनीले जनाएको छ । पिठो विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध हुने कम्पनिले जनाएको छ ।
बजारको माग र उपभोक्ताको स्वास्थ्यलाई लाई ध्यानमा राख्दै कम्पनीले फाईदा पुग्ने गरी कोदोको पिठो उत्पादन गरेको हो ।
यसले दिने फाईदाहरु कोदोले पाचन प्रक्रियामा मद्दत र्पुयाउँछ र कोदोले कब्जियत हुनबाट बचाउँनुका साथै पेटलाई सफा राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कोदोमा स्मार्ट कार्ब हुने भएकोले यसमा धेरै फाइबर हुन्छ भने चिनीको मात्रा एकदमै कम हुन्छ ।








