वैशाख १७,२०८३ / ०९ : ४१ पूर्वान्ह / 2026-04-30 09:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      शेयर बजारको गिरावट संगै अर्बपतिहरुको सम्पत्ति घट्यो, हेर्नुहोस १० अर्बपतिहरु को को परे

      - ७ वर्ष अगाडि
      मंसिर ८,२०७५

      काठमाडौं, पछिल्लो केही महिनायता शेयर बजारको अस्थिरता तथा गिरावटका कारण अर्बपतिहरुको सम्पत्ति घटेको छ । सन् २०१८ मा प्रविधि जगतका १० जना अर्वपतिले घाटा व्यहोरेका छन् ।

      चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएपछि चीनको शेयर बजारमा व्यापक उतारचढाव आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०० अर्ब डलर अतिरिक्त शुल्क लगाए पछि शेयर बजारको अस्थिरता तथा गिरावट भएको हो । जसका कारण सन् २०१८ मा प्रविधि जगतका १० अर्बपतिले नोक्सानी व्यहोरेका छन् ।

      फेसबुक सीईओ मार्क जुकरबर्गले सन् २०१८ मा १९ अर्ब ३० करोड डलर गुमाएका छन् । योसँगै जुकरबर्गको सम्पत्ति घटेर साढे ५३ अर्ब कायम भएको छ । टेन्सेन्ट होल्डिंग्स कम्पनीका संस्थापक तथा सीईओ पोनी माले यो वर्ष १० अर्ब ९० करोड डलर गुमाए । अहिले उनको कुल सम्पत्ति ३० अर्ब डलर रहेको छ ।

      चीनको सबैभन्दा ठूलो इ–कमर्श कम्पनी अलिबाबाका संस्थापक तथा अध्यक्ष ज्याक माले सन् २०१८ मा कुल ७ अर्ब ३० करोड डलर गुमाएका छन् । अहिले उनको कुल सम्पत्ति ३८ अर्ब छ । नेटइज कम्पनीका सीईओ डिंगले पछिल्लो एक वर्षमा ६ अर्ब ४७ करोड डलर गुमाएका छन् ।

      उनको सम्पत्ति १३ अर्ब ९० करोड रहेको छ । अमेरिकाको चौथो ठूलो स–शुल्क टीभी सर्भिस डीस नेटवर्कका अध्यक्ष एर्गेनले यो वर्ष ४ अर्ब ९० करोड गुमाए । उनको कुल सम्पत्ति अहिले १० अर्ब ९० करोड डलर रहेको छ । टेन्सेन्ट होल्डिंग्सका सह–संस्थापक झांगले यो वर्ष ४ अर्ब ७० करोड गुमाएका छन् । उनको कुल सम्पत्ति साढे १२ अर्ब छ । चीनको हांगझोउ हिकभिजन डिजिटल टेक्नोलोजी कम्पनीका उपाध्यक्ष गोंगले यो वर्ष ४ अर्ब ७१ करोड डलर गुमाएका छन् ।

      चीनको दोस्रो ठूलो इ–कमर्श कम्पनी जेडी डट कमका प्रमुख रिचार्ड यो वर्ष सबैभन्दा धेरै गुमाउनेमा आठौँ स्थानमा छन् । फ्रेन्च टेलिकम कम्पनी इलियान एसएका संस्थापक निलले यो वर्ष ३ अर्ब ६८ करोड गुर्माका छन् । चिनिया कम्पनी बैदु डटकमका सीईओ लीले यो वर्ष ३ अर्ब ५७ करोड डलर गुमाएका छन् ।

        सम्बन्धित समाचारहरु