वैशाख १७,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-04-30 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      शेयर बजार सामान्य बिन्दुले घट्यो

      - ७ वर्ष अगाडि
      मंसिर ६,२०७५

      काठमाडौँ, धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । 

      नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार एक सय एकासी दशमलव ४१ विन्दु भएको छ । 

      आज कूल १४३ कम्पनीको सात लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका दश उपसमूह मध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ । बढेको सेयर मध्ये सबैभन्दा बढी होटल समूहको छ । 

      बैंकिङ समूह दुई दशमलव ६२, विकास बैंक दुई दशमलव २९, माइक्रोफाइनान्स छ दशमलव ७७ र जीवन बीमा २६ दशमलव शुन्य एक बिन्दुले घटेको छ । यस्तै होटल ३३ दशमलव ६४, जलविद्युत् पाँच दशमलव ३३, वित्त एक दशमलव ५३, निर्जीवन बीमा शुन्य दशमलव ५४, उत्पादन छ दशमलव २८ र अन्य तीन दशमलव ५७ बिन्दुले बढेको छ ।

        सम्बन्धित समाचारहरु