वैशाख १७,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-04-30 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      होसियार ! पेट्रोल पम्पमा यसरी हुँदैछ ठगी

      - ७ वर्ष अगाडि
      कार्तिक २६,२०७५

      काठमाण्डौ, काठमाण्डौ उपत्यकामा संचालित पेट्रोल पम्पहरुले ठग्ने क्रम अझै रोकिएको छैन । पम्पहरुले ठग्ने गरेको गुनासो निरन्तर आइरहेको छ । गुणस्तर तथा नापतौल विभागले गुनासोका आधारमा अनुगमन गर्दा ठग्ने गरेको पुष्टी भएको छ ।

      गुणस्तर तथा नापतौल विभागमा पेट्रोल पम्पहरुले ठगी गरेको गुनासोहरु बढेपछि काठमाडौंका झन्डै आधा दर्जनजति पेट्रोल पम्पमा विमागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा पेट्रोल पम्पमा सफ्टवेयर जडान गर्नेलगायतका उपाय अपनाएर ठग्ने गरेको पाइएको छ । बढ्दो सवारीसाधनलाई ध्यानमा राख्दै दिनानुदिन उपत्यकामा पेट्रोल पम्पहरुको संख्यामा पनि वृद्धि  भएका छन् । 

      यसैको फाइदा उठाउदै पम्पहरुले विभिन्न तरिकाबाट उपभोतmाहरुलाई ठग्दै आएका छन् । पेट्रोल पम्पहरूले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको विभागको अनुगमनबाट खुलेको छ । विभागले काठमाडौंका ५ वटा पम्पमा अनुगमन गरेको थियो । विभागका महानिर्देशक विश्ववाबु पुडासैनीकाअनुसार साझा पेट्रोल पम्प, त्रिशतिm पेट्रोल पम्प, जयन्ती पेट्रोल पम्प, वगंलामुखी आयल स्टोरलगायतमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सानो भ¥याङस्थित वगंलामुखी आयल स्टोरमा सफ्टवेयर जडान गरेर ठगी गरेको पाइएको थियो ।  डिस्पेन्सिङ पम्पको डिस्प्लेमा बढी परिमाण र मूल्य देखाउने, तर इन्धनचाहिँ कम झर्ने सफ्टवेयर जडान गरेको भेटिएको हो । 

      पुडासैनीका अनुसार अहिले मुलुकभरका १५ प्रतिशत पम्पबाट ठगी भइरहेको अनुमान गरिएको छ ।  डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिमाण देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गरिरहेको विभागको दावी छ ।

      अहिले कानुनी  ऐन शंशोधन भई १० हजार जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था गरिएको छ  । मुद्दा परेपछि दोषी ठहर भएकालाई अनिवार्य जेल सजाय हुने प्रावधान छ । विगतमा पनि यस्ता ठगी फेला नपरेका होइनन् । तर फितलो दण्ड सजायको व्यवस्थाका कारण पम्पहरुको ठगी नियन्त्रण हुन सकेको छैन ।

        सम्बन्धित समाचारहरु