वैशाख १७,२०८३ / ०९ : ४३ पूर्वान्ह / 2026-04-30 09:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

      - ७ वर्ष अगाडि
      कार्तिक १८,२०७५

      काठमाडौँ, निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ ।

       यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ । 

      माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म दुई लाख छ हजार ९९१ जनाले रु तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । 

      कम्पनीले सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । “नागरिकको उल्लेख्य सहभागिताले आफूहरुलाई उत्साहित बनाएको र सरकारी स्वामित्वका कम्पनी वा संस्थाप्रति विश्वास रहेकोसमेत पुष्टि भएको छ”, प्रवक्ता डा न्यौपानेले भने । 

      सोमबारसम्म थप रु एक अर्बदेखि डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । कम्पनीले निकट भविष्यमा नै रोलवालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । 

        सम्बन्धित समाचारहरु