वैशाख १७,२०८३ / ०८ : ११ पूर्वान्ह / 2026-04-30 08:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      खाद्य संस्थानले आजदेखि खसीबोका विक्रि सुरु गर्यो

      - ७ वर्ष अगाडि
      असोज २६,२०७५

      काठमाण्डौ, दशैँ पर्व मान्नेहरुका लागि मासुजन्य परिकार अनिवार्य जस्तै मानिन्छ । मासु विनाको भान्सा सायदै नहोला । दशैँका बेला मासुजन्य चौपाया खसी बोका, च्याङ्ग्रा लगायतको विक्रिवितरण औसतभन्दा कयौँ गुणा बढि हुन्छ । 

      काठमाण्डौ उपत्यकामा विक्रि तथा मूल्यको प्रबन्ध नेपाल खाद्य संस्थानले गरेको छ । तर संस्थानले यसपटक २–४ सय वटा मात्रै चौपायाको व्यवस्था गर्ने भएको छ ।

      नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ । खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानबाट खसीबोका र च्याङग्राको बिक्री सुरु गरिएको हो ।

      संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट दिनेछ । यो मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो भएको संस्थानको दावी छ । पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ । भोलिसम्म थप पाँच सय च्याङ्ग्रा र २५० खसीबोका आउने बताइएको छ । 

      संस्थानले तराईबाट खसीबोका र हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याउने गरेको छ । खसीबोका हेटौंडाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याइएको संस्थानले जनाएको छ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अंचल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ । 

      यता काठमाण्डौ भित्रिने चौपायाको ढुवानी जथाभावी हुने गरेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । विगतको तुलनामा यस वर्ष ढुवानीका क्रममा चौपायालाई कष्ट दिने प्रवृति कम भए पनि अन्त्य नभएको बताइएको छ । 

      दशैँका लागि काठमाडौंलाई लक्षित गरेर ५० हजार खसीबोका र च्याङ्ग्रा चाहिने अनुमान गरिएको छ । तर संस्थानले भने न्यून मात्रामा खसी–च्याङ्ग्रा ल्याएको छ । बाँकी सबै निजी क्षेत्रले पुर्ति गर्ने गरेको छ ।

        सम्बन्धित समाचारहरु