वैशाख १७,२०८३ / ०८ : १२ पूर्वान्ह / 2026-04-30 08:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      रसुवा नाकाबाट दैनिक १२ देखि १५ ट्रक स्याउ आयात

      - ७ वर्ष अगाडि
      असोज २२,२०७५

      रसुवा, बडा दशैँका लागि रसुवा नाकाबाट दैनिक १२ देखि १५ ट्रक स्याउ आयात हुन थालेको छ ।

      गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको स्याउ चाढबाड नजिकिएसँगै आयातमा बृद्घि भएको भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । 

      असोज १८ गतेसम्म एक अर्ब ६३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख भन्सारकार्यालयले जनाएको छ ।

       असोजको भन्सार शुल्क असुली लक्ष्य ५७ करोड २४ लाख रुपैयाँ रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ ।

        सम्बन्धित समाचारहरु