बुटवल, स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने नाराका साथ तेस्रो राष्ट्रिय औंद्योगिक प्रदर्शनी तथा व्यापार मेला बुटवलमा सुरु भएको छ । दसैँलाई लक्षित गरि मेला आयोजना गरिएको हो ।
नेपाल उद्योग व्यापार संघ बुटवलको आयोजनामा सुरु भएको मेलाको प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले उदघाट्न गरे । मेलाको उद्घाटन गदै मुख्यमन्त्री पोखरेलले स्वदेशी उत्पादनलाई प्रर्वद्घन गर्ने गरि मेला आयोजना हुनुपर्ने बताए । उत्पादन र उपभोक्ता बिचको मिलन बिन्दु भन्ने गरिएपनि धेरै जसो मेलाले छिमेकी व्यवसायीलाई पक्षपोषण गर्ने काम गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले कतिपय उद्योगी व्यवसायी अदृश्य लगानी गरि छिटो नाफा कमाउने काममा लागेको भन्दै यसले अपराध सृजना गरेको बताए । आर्थिक अपराध घटाउन पनि सुरक्षित लगानी गरि पूजी निर्माणमा सहयोग गर्न उनले आग्रह गरे । प्रदेश सरकारले गरेर मात्र समृद्धि सम्भव नरहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तहको साझेदारी र केन्द्र सरकारको सहयोग आवश्यक रहेको औँल्याए । त्यसमा पनि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार सङ्गठनका अध्यक्ष श्याम पाठकले स्वाधीन अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । देशको बजेटले स्वाधीन अर्थतन्त्र निर्माणमा सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । युवा पलायन रोक्न नसके आर्थिक समृद्धिको नारा सार्थक नहुने भन्दै पाठकले स्वदेशमा केही गर्न सकिन्छ भन्ने विश्वास युवाहरूमा जगाउनुपर्ने बताए ।
दसैँलाई लक्षित गरि मेला आयोजना गरिएको हो । दैनिक खाद्य बस्तु देखी आईटी, अटो, गार्मेन्ट, जुम्लामा उत्पादित कृषि उत्पादन लागायतका बस्तु प्रदर्शनीमा राखिएको छ । यही असोज २८ गते सम्म चल्ने मेलामा ४ सय ६८ स्टल रहेका छन् ।








