काठमाण्डौ, विगतक लामो समयदेखि विवादमा रहेको तराई–मधेश द्रुतमाग फास्ट ट्रयाक अन्तरगत ललितपुरको खोकनाको विवाद सुल्झिएको छ ।
फास्ट ट्रयाकको विस्तृत आयोजना डिपिआर निर्माण जिम्मा कात्तिक ४ गतेबाट लागू हुनेगरी १ सय ५ दिनमा दक्षिण कोरियाको सुसङ इन्जिनियरिङ कम्पनीलाई दिइएको छ ।
ललितपुरको खोकना क्षेत्रमा निमार्ण गर्ने भनिएको तराइ मधेश फास्ट ट्रयाकको अन्यौल अब सल्टीने भएको छ । कहिले खोकनाबासीको विरोध त कहिले अन्य विभिन्न कारणले तराई मधेश फास्ट टयाक अन्यौल देखिएको थियो । अब तराई मधेश दुर्तमार्ग फास्ट ट्रयाकको विस्तृत आयोजना रिपार्ट डिपिआर निमार्णको जिम्मा दक्षिण कोरियाको सुसङ इन्जिनियरिड. कम्पनीलाइ दिइएको छ ।
डिपिआरको लागत भ्याटसहित १० करोड १२ लाख ७८ हजार नौ सय २३ रुपैयाँ छ । २०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा चार वर्षमा सक्नेगरी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलअन्तर्गत काठमाडौं–तराई फास्ट ट्रयाक आयोजनाले ०७४ साउन २७ गते आयोजनाको जिम्मा सेनालाई दिएको थियो ।
आयोजना निर्माणको जिम्मा पाउनुअघि नै सेनाले एडिबीको फिजिबिलिटी रिपोर्टलाई आधार मानेर २०६६ सालमा पाइलट ट्रयाक निर्माण सुरु गरी चार वर्षमा सम्पन्न गरेको थियो । त्यसैको आधारमा ९० प्रतिशत भन्दा बढी जग्गा अर्थात १० हजार पाँच सय रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले जनाएको छ । सन् २००८ मा एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले आयोजनाको डिटेल फिजिबिलिटी रिपोर्ट तयार पारेको थियो । आयोजनाको जिम्मा सेनाले पाउनुभन्दा पहिले त्यसको डिपिआर भारतीय कम्पनी आइएल एन्ड एफएसले तयार पारेको थियो ।
सेनाले द्रुतमार्ग बनाउने जिम्मा पाएपछि भारतीय कम्पनीले बनाएको डिपिआरमा आर्थिक र प्राविधिक कारण देखाउँदै आफैंले बनाउने निर्णय गरेको थियो । आयोजना क्षेत्रमा पर्ने १९ हजार ६ सय १९ रुख कटान गरिसकिएको थियो । आयोजना क्षेत्रमा सेनाले १० वटा क्याम्प बनाई सैनिक खटाउने तयारी अनुसार हालसम्म ८ वटा क्याम्प सम्पन्न भइसकेका छन् भने दुईटा क्याम्म निर्माण चरणमा रहेका छन् ।
सेनाले डिपिआर बनाउन ०७४ चैत १४ गते एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको थियो । इओआईमा एक नेपाली र १६ विदेशीसहित १७ परामर्शदाताले आवेदन दिएका थिए । त्यसमध्ये ६ वटा परामर्शदातालाई छनोट गरिएको थियो । ६ वटा कम्पनीबाट कोरियाको सुसङ अन्तिम छनोटमा परेको हो ।








