काठमान्डौ, दक्षिण कोरियाले मे महिनाबाट सेम्टेम्बर सम्मको पाच महिनामा ५० विलियन डलर भन्दा बढीको सामान निर्यात गरेको छ ।
स्थानीय तबरले निर्मीत सेमी कन्डक्टर तथा तेल प्रोडक्टको अत्यधिक माग बढेपछि ब्यापार बढेको दक्षिण कोरियाको सरकारको प्रतिवेदनमा जनाइएको छ । त्याहाँको व्यापार, उधोग तथा उर्जा मन्त्रालयले जनाए अनुसार सेप्टेम्बरमा निर्यातको रकम बढेर ५०.५८ विलियन डलर पुगेको छ ।








