वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतमा विश्वकै ठूलो स्वास्थ्य बीमा कार्यक्रम घोषणा, के नेपालमा सम्भव छ ?

      - ७ वर्ष अगाडि
      असोज १०,२०७५

      काठमाण्डौ, भारतले हालै विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् । भारतले जस्तै नेपालले पनि यस्तै स्वास्थ वीमा योजना संञ्चानल गर्न सक्ला ? 

      राज्य संचालनका लागि आवश्यक जनशक्ति स्वस्थ्य भए देश र जनता दुवै लाभान्वित हुने सोचबाट विश्वका अधिकांश देशमा स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको रुपमा राखि राज्यले निशुल्क रुपमा उपचार वा उपचार खर्च उपलब्ध गर्ने गरेको छ ।

       स्वास्थ्य बीमाका कुरा सुनीरहदा नेपाली जनतालाई लाग्न सक्छ, सरकारले निःशुल्क दिने भनेको औषधि जस्तै होला आवश्यक पर्दा नपाउने प्रचार गरेर नेता र मन्त्री नथाक्ने ।

       विश्वव्यापी रूपमा मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर हरेक चीजको बिकास गरिनुपर्छ । कुनै बाटो बनाउनु पर्यो भने पहिला बालबालिका, जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ती , युवा, युवती त्यसपछि मात्र यातायातका साधनलाई ध्यान दिइन्छ । नेपालमा स्वास्थ्य बीमालाई वि.सं. २०७१ सर्वसाधारणको योगदानको आधारमा परिक्षणको रुपमा संचालन गर्दै आएको छ । 

      हाल पच्चिस जिल्ला भन्दा बढिमा यसको सेवा पुगीसकेको छ भने आगामी दिनमा देशव्यापि बनाउने सोचका साथ स्वास्थ्य बीमा समिति लागि परेको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क, प्राप्त गर्ने एवं यसमा सबैको समान पहुँचलाई मौलिक हकका रुपमा स्वीकार गरेकोले त्यसको कार्यन्वयन गर्नु संवैधानिक कर्तव्य नै रहेको छ । 

      भारत बिकासोन्मुख मुलुक हो यो मुलुकका जनता पनि गरिब छन् । भारतपनि स्वास्थ्य बीमाको पहुँचमा पुग्न नसक्ने करोडौ जनता सहज स्वास्थ्य सेवा लिनबाट बन्चित भएकै कारण सन् २०१८ मा भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । 

      भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् । 

      भारतमा ‘मोदीकेयर’ नाम दिइएको  कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई  ५ लाख भारतिय रुपैया जुन  (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध गराउने छ । तर यता  नेपालमा लागु गर्ने भनिएको बीमा अभियानमा सयौको संख्यामा सदस्य बन्न सकेका छैनन भने सेवा कसरी प्रवाह गर्ने कुनै टुंगो छैन ।

       बिरामीलाई यति रोग यहाँ उपचार गर थप स्थानीय तहबाट प्रदेशमा र त्यस भन्दा माथी केन्द्रमा जानुपर्ने  भन्ने उल्लेख छ । यसो भन्नु सेवा दिन लागिएको भन्दै झन्झटिलो तरिकाबाट  दुःख दिन लागीएको स्पष्ट  छ । जवसम्म उपचारमा सरी सहायता हुदैन तवसम्म दीर्घ रोगको सिकार गरिब जनता तथा गरिबीले उठ्नै नसक्ने अवस्थामा पुगेको परिवारलाई नै आक्रान्त बन्न विबश बन्नेछन् । गरिव घरपरिवार अझ गरिब बन्दै छन् ।

        सम्बन्धित समाचारहरु