वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ७ वटै विमान उडाउने

      - ७ वर्ष अगाडि
      असोज ९,२०७५

      काठमाडौँ, नेपाल वायुसेवा निगमले दसैं लगायतका चाडपर्वलाई लक्षित गर्दै आन्तरिक उडानमा ७ वटै विमान उडाउने भएको छ । निगमले सबै विमानलाई मर्मत गर्दै कमर्सियल उडानमा थप्दै जाने निगमले जनाएको छ । ‘१० गतेदेखि चिनियाँ विमान मोर्डन आर्क (एमए) ६० ले चारवटै सुगम रुटमा नियमति उडान गर्ने छ,’ कार्यकारी अध्यक्ष खरेलले भने। सुगम रुटका लागि निगमसँग दुईवटा ५६ सिट क्षमता भएका एमए(६० विमान मात्र छन्। निगमले चाडपर्वको अवधिभर दुवै विमान नियमित उडाउने जनाएको छ। यसअघि दुवै विमान बिरलै उडाइएको थियो । यस अघि एउटा बिग्रिँदा अर्कोको स्पेयर्स पार्ट हालेर एउटा विमानमात्रै उडानयोग्य बनाउने गरिएको थियो । खरेलले यसपटक चाडपर्वमा सातवटै विमान उडाउने घोषणाले यात्रुहरुलाई फाइदा पुग्ने भएको छ । 

      निगमको अपरेशन विभागका अनुसार, एमए(६० विमान उडाउन एक जना श्रीलंकनसहित ५ जना क्याप्टेन र ७ जना को(पाइलट छन्। निगमले धनगढी दैनिक दुई उडानको तयारी गरेको छ। ‘धनगढी रुट लाभदायी छ, दुइ उडानको तयारीमा छौं,’ एक अर्का अधिकारीले भने। निगमसँग भएका दुई एमए(६० मध्ये एउटा एक महिनाअघिदेखि इन्जिन मर्मत गर्नुपर्ने भएकाले ग्राउन्डेड थियो भने अर्को जहाजको एउटा ब्लेड फेर्नै पर्ने भएकाले गत बिहीबारदेखि उडाइएको थिएन। ‘सोमबार चीनबाट इन्जिनियर आइसकेकाले मंगलबारभित्र यो विमान उडानयोग्य भइसक्ने छ,’ कार्यकारी अध्यक्ष खरेलले भने। निगमले चारवटा साना चिनियाँ जहाज वाई(१२(इ पनि चाडवाडमा उडाउने भनेको छ। यी विमानले काठमाडौंबाट सिमरा, पोखरा र भैरहवाका लागि मात्रै उडान गर्दै आएका छन् । 

        सम्बन्धित समाचारहरु