काठमाडौं, विश्व सम्पदा सुचीमा सुचिकृत पशुपति क्षेत्रका दुई दर्जन बढि संरचनाहरु पुननिर्माण भैरहेका छन् । भुकम्पले क्षति पुगेका सम्पदाहरुको भग्नावशेष हटाउने, मर्मत सम्भार गर्ने, पुरातात्विक उत्खनन गर्ने काम सुरु भएको हो ।
२०७२ सालको भूकम्पले पशुपति क्षेत्रका अधिकांश संरचना क्षतिग्रस्त भएका थिए । संरचना पुनः निर्माणको काम आर्थिक बर्ष ०७३–७४ बाट सुरु भएको हो । पुननिर्माणका क्रममा अहिले २७ वटा पुर्वाधारका निर्माण कार्य भइरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत गतवर्ष २५ करोड रुपैयाँ प्राप्त भएकोमा ३ करोड खर्च भएको छ । चालु आर्थिक वर्षमा २० करोड ७५ लाख थप विनियोजन भएको छ । यस वर्ष कतिपय सम्पदा पुन निर्माण अन्तिम चरणमा पुगेको हुनाले ३ महिनाभित्रमा निर्माण सम्पन्न हुने दावी गरिएको छ । आर्थिक मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि करिब साढे ४४ करोड ४१ लाख ७५ हजार छुट्टयाएको थियो यस बर्ष ३४ करोड रुपैयाँ प्राप्त भएको छ ।
कोषका अनुसार भुकम्पमा परेर ५० भन्दा बढि सतल, पाटीपौवा, मन्दिर लगायत संरचना ध्वस्त बनेका थिए । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरू, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनर्निर्माण अघि बढ्न सकेको छैन । हालसम्म लालगणेश मन्दिर र भट्ट निवाशको पुननिर्माण सकिएको छ ।
पुर्वाधारहरु बहुवर्षीय कार्यक्रम अन्तर्गत क्रमागत रुपमा सम्पन्न गर्दै जाने छ। पुर्वाधारहरु पाँच वर्षभित्रमा पुननिर्माण गर्नुपर्ने सरकारले घोषणा गरेको छ । गुह्येश्वरी मन्दिर प्राङ्गण र धर्मशाला, भुवनेश्वरीदेखि दक्षिणढोकासम्म ढल, बाटो निर्माण, वनकालीमा उद्यान विकास र भष्मेश्वर सत्तल जीर्णोद्धार भइरहेका छन् । पशुपतिनाथको भान्सा पुननिर्माण, भण्डारखाल बगैंचाको घेरा पर्खाल पुननिर्माण कार्य भइरहेको छ । सोभनियर पसल निर्माण, पुरातात्त्विक उत्खनन कार्य चलिरहेका छन् । गोरखनाथ मन्दिर पश्चिमको सत्तल, घ्याम्पे सत्तल, शंकराचार्य मन्दिर निर्माण भइरहेको छ ।
पुर्वाधारहरु पाँच वर्षभित्रमा पुननिर्माण गर्नुपर्ने सरकारले घोषणा गरेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार श्लेषमान्तक वनसँग जोडिएको १५ शिवालयका मन्दिर क्षेत्र जमीन भासिएकाले सो क्षेत्रमा भूसंरक्षण गर्नुपर्ने छ । ढिलै भए पनि महत्वपूर्ण क्षेत्रका मन्दिर तथा संरचना पुनः निर्माणले आशा जगाएको छ । पशुपतिनाथको मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो ।
यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ । सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।।








