वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार

      - ७ वर्ष अगाडि
      असोज ४,२०७५

      काठमाडौँ, कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनोट भएको हो ।

      उक्त कोरियाली कम्पनीलाई छनोट भएको जानकारी तथा सम्झौता गर्नका लागि कन्ट्रयाक्ट अवार्डसम्बन्धी पत्र पठाइसकिएकाले यसै महिनाको दोस्रो हप्ताभित्र सम्झौता सम्पन्न हुने जनाइएको छ । छनोट भएको १५ दिनभित्र सरोकारवाला पक्ष र सम्बन्धित कम्पनीबीच सम्झौता भइसक्नुपर्ने प्रावधान सार्वजनिक खरिद ऐनमा रहेको छ । डीपीआर तयार गर्न सार्वजनिक खरिद ऐनअनुसार ग्लोबल बोलपत्र आह्वान भएकोमा १७ कम्पनीले बोलपत्र भरेका थिए, जसमध्ये छ वटा कम्पनी ‘शर्ट लिष्टिङ’ मा छनोट भएका थिए । ‘शर्ट लिष्टिङ’ मा परेकामध्ये ‘क्वालिटी बेस सेलेक्सन सिस्टम’ को आधारमा उक्त कोरियाली कम्पनी छनोट भएको सेनाले जनाएको छ । 

      कोरियाली कम्पनीले करीब १० करोड १५ लाख रुपियाँको लागतमा डीपीआर तयार हुने छ ।सेनाका अनुसार, गत आर्थिक वर्षमा यस आयोजनाको भौतिक प्रगति सत् प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत भएको थियो ।

        सम्बन्धित समाचारहरु