वैशाख १७,२०८३ / ०५ : ०५ पूर्वान्ह / 2026-04-30 05:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      धुलोमा लुकामारी हिलोमा डुबुल्की मार्दै काठमाडौं,६ करोड सकियो अब के हुन्छ ?

      - ७ वर्ष अगाडि
      असोज ३,२०७५

      काठमाडाै‌ं, यतिबेला राजधानीको पहिचान हिलो र धुलोमा परिवर्तन भएको छ । सफा र व्यवस्थित हुनुपर्ने सडक खाल्डाखुल्डीको कारण अस्तव्यस्त देखिन्छ । धेरै ठाउमा सकड मर्मत गर्नुपर्ने अवस्था छ ।

       तर सडक मर्मत गर्नको लागी चालू आर्थिक  वर्षमा छुट्टाइएको बजेट भदौ हिनामै करिब सकिएको छ । भदौ १४ र १५ गते भएको बिमस्टेक सम्मेलनमा आएका पाहुनालाई देखाउन गरिएको सडक मर्मतमै झण्डै वर्षदिनको रकम सकिएको छ ।

      सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु केही बर्षयता सामान्य जस्तै बन्न पुगेको छ ।  सडक मर्मतका लागी चालु आर्थिक वर्षमा काठमाडौं र  ललितपुरमा  करिव ६  करोड रुपैया छुट्याईएको थियो । तर भदौंमा सम्पन्न विमस्टेक सम्मेलनमा नै झण्डै ५ करोड बढी रकम खर्च भईसकेको छ । ठ्याक्कै कति खर्च भयो भन्ने विवरण भने संकलन गरिदै छ ।

      सडक विभागका अनुसार  बर्षभरीमा पीच टाल्नका लागि  सीमित बजेट आएको थियो तर यस आर्थिक बर्षभरी सडक टाल्ने बजेट  विमिस्टेक सम्मेलनको क्रममा नै सकिएको बताइको छ । विमस्टेकमा टालिएका कतिपय ठाउका सडक पनि भत्किन थालिसकेका छन् । अरु धेरे ठाँउमा पहिल्यैदेखि सडकको हालत खराव छ ।

       ति सबै सडक सुधार गर्न ठुलो बजेटको आवश्यकता पर्छ । तर आर्थीक वर्ष सूरु भएको २ महिनामै   ६ करोड रुपैया मध्ये ८० प्रतिशत बजेट सकिसेकाले बाँकी मर्मतको लागी रकम अभाव हुने देखिन्छ ।  खानेपानी ढललगायतका निकायले सडक खन्दै जाने र सडक विभागले टाल्दै जाने हो भने त्यो बजेट सडक मर्मतको लागी नपुग्ने अधिकारीहरु बताउछन् ।

      विमस्टेकमा खर्च भएको रकमको तथ्ंयाक सडक विभागसम्म आइनपुगेको महानिर्देशकले दाबी गरेका छन् । विमस्टेकमा अधिकांश रकम सकिएकाले अब भने सडकको मर्मतमा समस्या आउन सक्नेछ । विभागका महानिर्देशक रबीन्द्रनाथ श्रेष्ठका अनुसार अबको पछिल्ला समयका लागि आउने समस्या समाधानको खानेपानी मन्त्रालयलगायत सम्बन्धीत निकायमा पत्राचार गरिएको छ । 

      विमस्टेक सम्मेलनका लागि  सडक  मर्मतले  बर्षभरि सडकको कामलाई नै असर पर्ने  भयो । एकातिर विमस्टेकमा हतारमा मर्मत गरिएको सडक राम्रो भएन, अर्काेतिर बजेट सकियो । अव सडक विभागले थप रकमका लागि  सम्बन्धीत निकायमा पहल गरिराखेको छ । यदि सडक मर्मतका लागि पुर्न बजेट पाइएन भने राजधानीका अधिकांश सडकहरु अहिले कै अवस्थाबाट झन् खराब अवस्थामा पुग्नेछन् । २ दिनको  विमस्टेक सम्मेलनका लागि देखावटी  सडक  मर्मतले  बर्षभरिको सडकको कामलाइ प्रभाव पारेको भन्दै सर्वसाधाणले आलोचना गरेका छन् ।

        सम्बन्धित समाचारहरु