वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      २५ करोडको स्याउ गोदाममै कुहिन थाल्यो

      - ७ वर्ष अगाडि
      असोज २,२०७५

      मुस्ताङ, जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएपछि स्याउ ढुवानीमा समस्या भएको छ । 

      भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ । 

      किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पु¥याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका हुन् । म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडाँै, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगँैचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् । थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीका अनुसार ढुवानी समस्याका कारण स्याउ कुहिन थालेको छ ।

      जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ । वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगीसक्थ्योे । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख बिमल खड्काले बताए । 

      राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् । स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए । 

        सम्बन्धित समाचारहरु