वैशाख १७,२०८३ / ०५ : ०५ पूर्वान्ह / 2026-04-30 05:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      श्रमिकलाई सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने : अर्थमन्त्रि

      - ७ वर्ष अगाडि
      भाद्र ३१,२०७५

      काठमाण्डौ, अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताएका छन् । 

      कर्मचारी सञ्चय कोषको ५७ औँ वार्षिकोत्सवका अवसरमा आईतबार काठमाडौमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्ने भन्दै जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्ने उनले जिकिर गरे । 

      उनले कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने बताए । आवास सम्बन्धी बिद्ययेक पारित भएको भन्दै उनले सरकारले आवास बिहीन रहेका बिपन्न गरिवीमुनी रहेका जनता यसबाट प्रत्यक्ष लाभान्वित हुने जिकिर गरे । त्यस्तै उनले पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्नेमा जोड दिए । 

      हालसम्म कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८ दशमलव ३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको स्रोतमा रु दुई खर्ब ९२ अर्ब ६३ करोड जम्मा भएको कार्यक्रममा जानकारी दिईएको छ । 

        सम्बन्धित समाचारहरु