वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      भीमसेन मन्दिर ४ करोड ८० लाखमा पुनः निर्माण हुने

      - ७ वर्ष अगाडि
      भाद्र ३०,२०७५

      ललितपुर,  विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फकोे भीमसेनको मन्दिर पुनः निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएका भीमसेन मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो । पुनःनिर्माणमा चार करोड ८० लाख रुपैया  लाग्ने प्रारम्भिक आकंलन गरिएको छ ।

      विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएका भीमसेन मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको छ । मल्लराजा श्रीनिवास मल्ले विसं १६८० मा निर्माण गरेको भीमसेन मन्दिर तीन तलाको थियो । भीमसेनलाई बहादुर र बलवान् देवताका रूपमा पुजिन्छ । यो मन्दिरलाई नेपाली वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ । तर २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भीमसेन मन्दिर क्षतिग्रस्त भएको थियो । 

      जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हाल  मन्दिर वरपर बाटो फलामको बार राखेर बन्द गरिएको छ । विश्वसम्पदा सूचीकृत  भीमसेन   मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट नभएपछि त्यसको जिम्मा स्थानीयले लिएको छ ।   स्थानीयवासीकै अग्रसरतामा मंगलबजारस्थित भिमसेनको मन्दिर पुनःनिर्माण हुने भएको छ । केही दिन पहिले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी स्थानीयवासीले नै लिने भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली दूतावास पुगेको थियो । ललितपुर महानगरपालिका प्रमुख चिरबाबु महर्जनका अनुसार भारतीय सहयोगमै पुनःनिर्माणका लागि सबै प्रक्रिया पु¥याउँदा पनि १४ र १५ महिनाअघि पुनःनिर्माण हुनसक्ने अवस्था नरहेको र छिटै पुनःनिर्माण नहुँदा थप भौतिक क्षति हुनसक्ने सम्भावना रहेको बताएका छन् । 

      मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण खर्च ललितपुर महानगरपालिका, स्थानीय व्यवसायी र दाताहरुको सहयोगमा उद्योग वाणिज्य संघले गर्ने छ । मंगलबजार टोल सुधार समितिले पुनःनिर्माणका लागि धार्मिक विधिपूर्वक क्षमापुजा पनि गरिसकेको छ । साइत निकालेर केही दिनमै मन्दिर भत्काउन शुरु गर्ने छ । समितिले मन्दिर पुनःनिर्माणमा लाग्ने खर्चको विवरण पुरात्तत्व विभागमा पठाइसकेको छ । पुनःनिर्माणमा चार करोड ८० लाख रुपैया  लाग्ने प्रारम्भिक आकंलन गरिएको छ । 

      गत सोमबार पत्रकार भेटघाटको आयोजना गरी समितिले मन्दिर पुनःनिर्माण शुरु गर्ने जानकारी दिएको थियो ।उक्त संघको अगुवाइमा ललितपुर महानगरपालिका, मङ्गल टोल सुधार समितिलगायत पाटनका सम्पूर्ण जातीय संघ र अन्य व्यावसायिक संघसमेत मन्दिर पुनःनिर्माणका लागि सहभागी भएका थिए । भिमसेन मन्दिरलाई स्थानीय उद्यमी, व्यवसायीहरुले आराध्य देवताको रुपमा पुजिन्छ । भिमसेन मन्दिरको दर्शन र पुजाआजा गर्नाले व्यापार फलिफाप हुने आम व्यवसायीको विश्वास रहेको छ ।

       

        सम्बन्धित समाचारहरु