वैशाख १७,२०८३ / ०५ : ०५ पूर्वान्ह / 2026-04-30 05:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      नक्कली स्टीकरसहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला

      - ७ वर्ष अगाडि
      भाद्र २७,२०७५

      काठमाडौं, आन्तरिक राजस्व कार्यालय भैरहवाले विचाराधीन नक्कली अन्तशुल्क स्टिकर सम्बन्धी मुद्दाको अन्तिम फैसला गर्दै नक्कली स्टीकरसहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला गरेको छ । 

      नक्कली स्टिकर बारे राजस्वले विगत ५ महिना देखि मुद्दा अनुसन्धान गरिरहेको थियो । राजस्वका अनुसार विनोद कुमार सिंह, मोहम्मद आलम गद्दी, कामेश्वर महतो र कुशेश्वर प्रसाद शाह गरी चार जनालाई एक वर्ष कैद तोकिएको छ । उनीहरुलाई प्रतिव्यक्ति जनही २ करोड ९ लाख २७ हजार जरिवाना समेत तोकिएको छ । विनोद कुमार भारतीय नागरिक हुन् । अन्य तीन जना नेपाली नागरिक हुन् । कुशेश्वर फरार छन् । यस्तै समसुद्धिन मुसलमान र भवानीप्रसाद उप्रेतीलाई ६ महिना कैद फैसला गरिएको छ । 

      उनीहरुलाई प्रतिव्यक्ति १ करोड ४ लाख ६३ हजार जरिवाना तोकिएको छ । समसुद्धिन पनि भारतीय नागरिक हुन् । ६ मध्ये ५ जनालाई जिल्ला कारागार भैरहवा चलान गरी सकिएको छ भने फरार रहेका कुशेश्वरको खोजी भइरहेको छ । राजस्वले नक्कली स्टीकर ल्याउँदा बरामद भएको भारतीय नम्बर प्लेटको टाटा इण्डिगो कार समेत जफत गरेको जनाएको छ । 

      अन्तशुल्क ऐन २०५८ ले अन्तशुल्क अधिकृतलाई अन्तशुल्कजन्य मुद्दामा सम्बन्धित ब्यक्तिलाई झिकाउने, बयान गराउने, थुनामा राख्ने लगायत प्रचिलत कानून बमोजिम अदालतलाई भए सरहको अधिकारको ब्यवस्था गरेको छ । सोही व्यवस्थालाई टेकेर राजश्वले ६ जनालाई कैद र जरिवाना तोकेको हो ।

        सम्बन्धित समाचारहरु