काठमाडौं, अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) ले भदौ २६ गतेदेखि सूरु हुने (नाडा) मेलाको तयारी पूरा भएको जनाएको छ ।
सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् । अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने उपाध्यक्ष दुलालले दावी गरेका छन् । ६ दिनसम्म चल्ने मेलामा ५ सय करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । मेलामा ७१ वटा संस्थाहरुको उपस्थितिमा १३५ वटा स्टल रहने छन् । नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको उनको स्पष्टोक्ति छ । उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव समेत दिएका छन् । त्यस्तै नाडाका महासचिव सुनिल रिजालले पनि नेपालमा गाडीहरुको संख्या सडकको क्षमता भन्दा धेरै भयो भन्ने सरकारी तर्क नै ठिक नभएको दाबी गरे ।








