वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      चीन र पाकिस्तान बीच आर्थिक मार्ग

      - ७ वर्ष अगाडि
      भाद्र २४,२०७५

      इस्लामावाद, चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी) बारे छलफल भएको छ ।  

      चीनका विदेश मन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ । वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको हो ।  

      तीन दिन लामो भम्रणका शिलशिलामा पाकिस्तान आउनुभएका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पूरानो अडान दोहोराउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका सहमत भएको जनाएको छ । 

        सम्बन्धित समाचारहरु