काठमाडौं, मन्त्रिपरिषदको विधेयक समितिबाट म्यानपावर कम्पनी संञ्चालन गर्न ६ करोड धरौटी राख्ने प्रस्ताव पारित भएको छ ।
अब म्यानपावर कम्पनीले व्यवसाय चलाउन २ करोड नगद र ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने भएको छ । यस अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले म्यानपावरको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव सहितको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा लागेको थियो ।
समितिले उक्त निर्णय केही दिन अगाडी नै पास गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ । म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि अहिले ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी देखाउनुपर्ने व्यवस्था भएकाले म्यानपावरका लागि बैंकहरूले ग्यारेन्टी सहजै दिने भएकाले गरेको हुनाले म्यानपावर खुल्ने क्रम बढेको छ ।
धरौटी रकम बढाउँदा म्यानपावर कम्पनी मर्जरमा जाने र अनुगमन गर्न पनि सजिलो हुने भएकाले श्रम, रोजगार तथा सामासिक सुरक्षामन्त्री गोर्कण विष्टले म्यानपावर व्यवसाय शुद्धीकरण गर्ने धरौटी बढाउने योजना अघि सारेका हुन् ।
रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा कम हुने र मर्र्यािदत रूपमा व्यवसाय सञ्चालन हुने मन्त्रालयको विश्वास छ। मन्त्रिपरिषद् विधेयक समितिबाट पारित उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ ।
मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पारित गरेपछि यसले औपचारिक रूपमा नै मूर्तरुप पाउने र कार्यान्वयको चरणमा जानेछ । तर कानुन मन्त्रालयमा समेत छलफलका लागि पठाईने भएकाले धरौटी रकममा हेरफेर हुन सक्ने संभावना पनि छ ।








