वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      फेवातालमा डुंगा प्रतिको आकर्षण

      - ७ वर्ष अगाडि
      भाद्र १५,२०७५

      काठमान्डौ, कास्कीको पोखरामा रहेको फेवातालमा डुंगा चलाएर गुजारा चलाउनेको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । केहि खतरा भएपनि डुंगा चलाएर आयआर्जन गर्ने प्रमुख थलो बनेको छ फेवाताल । केहि दिनमा नै सिकेर डुंगा चलाउन सकिने भएपछि यूवादेखि बृद्धसम्मलाई यो पेशाले आर्कषित गरेको छ । अन्य ब्यापार ब्यावसाय भन्दा सजिलो देखेर पनि डुंगा खियाउन आउनेको संख्या बढी छ ।  

      दैनिक एक हजार दुई सय आम्दानी हुने हुँदा ५ जनाको परिवार पाल्न कनै सकस पर्दैन ।

      पुरुष मात्र हाइन डुंगा खियाएर गुजारा चलाउने महिलाको संख्या पनि उल्लेख्य छ । केहि डुंगा खियाएर राम्रै आम्दानी भएको बताउँछन भने कोही समय बिताउनका लागि पनि आएका छन् ।

      फेवातालमा दुई हजार एकाउन्न सालबाट ब्यावसायिक रुपमा डुंगा चलाउन थालिएको हो।

      फेवातालमा गौरीघाट , फिस्टेल घाट , हल्लनचोक घाट,  गैरेको चौतारी घाट, तालवाराही घाट लगायत विभिन्न ८ घाटमा डुंगा संचालन हुँदै आएको छ । फेवा डुगां व्यवसायी समिति  अन्तर्गत  ७ सय २४ डुगां संचालनमा रहेको समितिमा  करिव १ सय ५० डुंगा चालक छन् ।

        सम्बन्धित समाचारहरु