वैशाख १७,२०८३ / ०२ : ११ पूर्वान्ह / 2026-04-30 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      बेलायती कम्पनी एमजी मोर्टसले ल्यायो बजारमा जीएस र जेडएस कार

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाडौं, बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोर्टसले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।

      मोरिस ग्यारेजको नामबाट सन् १९२१ मा उत्पादन सुरु गरेको कम्पनीले काठमाडौको नक्सालमा बिक्री कक्षको सुभारम्भ गर्दै एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको हो । ९७ बर्ष पुरानो कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टस रहेको छ । 

      मोटर्सका जनरल मेनेजर सचिन अर्यालले एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी सुबिधा भएको सवारी साधन भएको बताए ।यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ । जीएस २ दशमलव जिरो लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ ।

       ५५ लिटर क्षमताको फियुल ट्याङक रहेको एसयुभीको उचाई १ हजार ६९९ एमएम रहेको छ । यस्तै,एमजी जेडएस कारमा ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १ हजार ६४८ एमएम रहेको छ । लम्बाई ४ हजार ३१४ एमएम रहेको छ । यसमा ४८ लिटर क्षमताको फियुल ट्याङक रहेको छ ।

       

        सम्बन्धित समाचारहरु